कोहलपुर ।
नेकपा एकिकृत समाजवादी नेरैनापुर गाउँपालिकाको युवा संघ नेपालको नेतृत्व चयन भएको छ । बिहिबार भएको गाउँपालिका स्तरीय भेलाले पुर्ण बहादुर खत्री अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
३५ सदस्यीय समिति गठन गरेको छ । यस्तै वडा नम्बर ४ मा युवा संघ नेपालको अध्यक्षमा राम किशोर यादव चयन भएका छन् । सो समितिको १५ जना सदस्य छन् ।
युवा संघ नेपालको गाउँपालिका स्तरिय भेलामा वसिर मोहमत गुजरको अध्यक्षता तथा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ को प्रमुुख अतिथिमा सो भेला सम्पन्न भएको थियो ।
यस्तै नेकपा एकिकृत समाजवादी पार्टीका गाउँपालिका इन्र्चाज पेश्कर सिंह, पालिका अध्यक्ष केशवराम यादवव र युवा संघ नेपाल बाँकेका अध्यक्ष राजु तामाङ्गको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्