आजको राशिफल हेर्नुहोस्, २०८२ श्रावन २६ (सोमवार)




मेष : रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

वृष : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

मिथुन: विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ ।  विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

कर्कट :  पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

सिंह : सोचेको आटेको काममा सफलता मिल्नेछ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

कन्या: साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।  काममा आमाको सहयोग प्राप्त हुनेछ ।

तुला : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।

वृश्चिक: काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

धनु : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ ।  विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मकर: काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

कुम्भ : साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

मीन :  अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार