
कोहलपुर । नेपालगञ्ज व्यवसायी खुमा अर्याल विरुद्ध बाँके प्रहरीमा ठगीको जाहेरी दर्ता भएको छ ।
केही समय अघि मात्र सञ्चालनमा ल्याइएको सञ्जिवनी कलेज अफ साइन्सेज प्रा.लि.का सञ्चालक खुमा अर्यालय विरुद्ध बाँके प्रहरीमा ठगीको जाहेर दर्ता भएको बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले बताए ।
स्याङ्जाका मेडिकल व्यवसायी खुमा अर्यालको जाहेरीमा उक्त मेडिकल कलेजको दर्ता प्रक्रिया वैधानिक नभएको र कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन गरी ठगी गरेको दाबी गरिएको छ ।
उच्च अदालत तुलसीपुरले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको हो ।
यो मेडिकल कलेजको दर्ता प्रक्रिया नै वैधानिक नरहेको दाबी गरिएको छ । कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको बाँके प्रहरीका प्रवक्ता पातलीले बताए ।
यो मेडिकल कलेजविरुद्ध करन बर्मा नाम गरेका बाँकेकै एक युवाले जाहेरी दिएका हुन् । यसअघि उनले दिएको जाहेरी प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्मले दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसपछि उनी अदालत पुगेका थिए ।
उच्च अदालतको तुलसीपुरको नेपालगञ्ज इजलासमा करनले बाँके प्रहरी, सरकारी वकिल, प्रमुख जिल्ला न्यायाधीवक्तासहितलाई विपक्षी बनाउँदै निवेदन दिएका थिए ।
उक्त निवेदनको फैसला गर्दै न्यायाधीश चन्द्रबहादुर सारु र वसन्तराज पौडेलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउने निर्देशन दिएपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्