अभिभावकको रोजाईमा ज्ञानकुञ्ज ई.मी. स्कुल

कोहलपुर ।

केही वर्ष अघि ज्ञानकुञ्जलाई हेर्न नजर फरक तरिकाले हेरिन्थ्याे ।  तर अध्ययन–अध्यापनको क्षेत्रमा मेहेनत र परिश्रमका कारण ज्ञानकुञ्ज ई.मी. स्कुल पनि गुणस्तरीय शिक्षाको सवालमा अछाडि धकेलेको छन् ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ई.मी. स्कुलले अभिभावककाे सोचाईप्रति परिवर्तन गरेको छ ।

गुणस्तरीय शिक्षा, अब्बल अतिरिक्त क्रियाकलाप र अनुशासनका कारण उत्कृष्ट प्रदर्शन गर्दै आएको विद्यालयका संस्थापक महेन्द्र कार्की बताउँछन् ।

ज्ञानकुञ्ज ई.मी. स्कुल वि.स २०७३ साल पौष १५ गते स्थापना भएको हो । अघिल्लो शैक्षिक शत्रभन्दा यो शैक्षिक शत्रमा करिब ३० प्रतिशतभन्दा बढि बालबालिकाको बृद्धि भएको उनी बताउँछन् ।

खेल मैदान, प्रविधिमैत्री, बालमैत्री, वातावरणमैत्री र प्ले ग्रुप सहित कक्षाकोठा व्यवस्थापन निकै उत्कृष्ट छ ।

अहिले स्कुलमा ३० जनालाई रोजगारी दिएको छ । कक्षा नर्सरी देखि ६ कक्षा सम्म छ भने अहिले ४ सय ६० जना बालबालिकाले अध्ययन गरिरहेकाे संस्थापक कार्की बताउँछन् ।