युक्रेनमा सैन्य अभियान सुरु गरेको रुसको घोषणा, राजधानीमा विष्फोट




रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार