भगवती पोख्रेल, कोहलपुर ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा रामायण वाचन खुला प्रतियोगिता सम्पन्न भएको छ । २१२ औ भानु जयन्तीको अवसरमा कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय एवम् इच्छुक व्यक्तिहरु सहभागी हुने गरि प्रतियोगिताको आयोजना गरिएको हो ।

भानु जयन्तीको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका पिर्व नगर प्रमुख लुट बहादुर रावतले पछिल्लो समयमा पुर्वीय दर्शन भित्र रहेको हिन्दू धर्मप्रतिको लगाव कम हुदओ गएको, हाम्रा नानिबाबुहरुमा संस्कार, संस्कृति र नैतिकतामा कमि आएको वताए । उनले हाम्रो परम्परा, मुल्यमान्यता र संस्कार लाई उजागार गरि अंगिकार गर्न पछिल्लो चरणमा नैतिक र संस्कृत शिक्षा अनिवार्य भएको वताए ।

भानुभक्तले नेपाली साहित्यमा गरेको योगदानको कदर गर्दै बाल्मिकीले लेखेको रामायण लाई नेपालिमा अनुवाद गर्नु प्रशंशनिय भएको जानकारी दिए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं -११ का वडाध्य्क्ष साहित्यकार कर्ण बहादुर थापा, रामजानकी गौशालाका अध्यक्ष गोविन्द प्रसाद ढकाल, भोला आचार्य, वरिष्ठ पत्रकार विस्णु बेल्बासे, साहित्यकार बलराम काफ्ले र प्रताप देवकोटा लगायतले भानु जयन्तीको चर्चा गरे ।
विभिन्न विद्यालयका विद्यार्थी एवम् तथा इच्छूक गरि १४ जनाले प्रतियोगितामा भाग लिएको पुस्तकालयका सचिव एकराज शर्माले जानकारी दिए । प्रतियोगितामा शोभाना देवकोटा प्रथम, प्राप्ति काफ्ले द्दितिय, रामजानकी गुरुकुल आधारभूत विद्यालयका लक्ष्मण उपाध्याय तृतीय र नारायण आचार्य, एलेन सिग्देल र माधव पोख्रेल सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्दितिय, तृतीय र सान्त्वना स्थान आउनेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थी शिक्षक, समाजसेवि, साहित्यकार र पत्रकार उपस्थित रहेको थियो ।

पुस्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरेले स्वागत मन्तव्य दिएका थिए भने पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए । पुस्तकालयले विगत दुई वर्ष देखि यो कार्यक्रम गर्दै आएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्