मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीहरुको पदभार सम्पन्न




सुर्खेत नेपाल

पदाधिकारी पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेका छ्न । मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न ग्र्याजुएट स्कुल, निर्देशनालय तथा परिक्षा व्यवस्थापन कार्यालयका नव नियुक्त पदाधिकारीज्यूहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित विभिन्न निकाय तथा कार्यालयहरु अन्तर्गत ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डिन प्रा. चन्द्रेश्वर प्रसाद श्रीवास्तवज्यू, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डिन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीज्यू, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डिन सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यू र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सह-प्रा. डा. दिपक राज अधिकारीज्यूले पदभार ग्रहण गर्नु भएको थियो। त्यसै गरी परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सह-प्रा. डा. अर्जुन बहादुर एयडीज्यूले पदभार ग्रहण हरेका हुन ।

निर्देशनालयहरु मध्येमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. विष्णु कुमार खड्काज्यू, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. यदु प्रसाद ज्ञवालीज्यू, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. पुष्पराज आचार्यज्यू र पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. लक्ष्मी प्रसाद आचार्यज्यूले पदभार ग्रहण गरेका हुन ।

विभिन्न कार्यक्रम बीच विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यू, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यू तथा अन्य पदाधिकारी, प्राध्यापक, कर्मचारी लगायतले नवनियुक्त पदाधिकारीज्यूहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार