शिक्षा विधेयकमा शिक्षकहरुका माग समावेश गरि विधेयक ल्याउनु कांग्रेसको जिम्मेवारी हो : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महर




कृष्ण कुमार शाही, कोहलपुर ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् शिक्षा विभाग प्रमुखको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस कोहलपुर नगरकार्य समितिको आयोजनामा कोहलपुरको सेन्टर प्लाजामा कार्यक्रम भएको हो ।


कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले अब १५ महाधिवेशन देखि कांग्रेसमा गुट र उपगुटको अन्त्री हुने वताए । उनले आफू देशका ७३ जिल्लामा घुमेर आम कांग्रेसीजनको भावना बुझेको र उनिहरुले देशमा शिक्षा, स्वास्थ, रोजगारीका, युवा विदेश पलायन रोक्ने खालको नीति कांग्रेस भन्दा अन्य दलबाट आशा नरहेको समेत वताए । उनले सरकारको सदनमा शिक्षा विधेयक टेबुल भएको र शिक्षकका नेता तथा शिक्षक महासंघको आन्दोलनमा गरेको सम्झौता अक्षरस: पालनगरि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिए ।


उनले वर्तमान सरकार दुईतिहाइको भएपनी कता कता सरकार चलाउनेहरुमा दम्भ भएको र स्वैच्छिक भएको जस्तो महसुस हुने गरेको जानकारी दिए । उनले कांग्रेसको महाधिवेशन गर्न अब धेरै समय नरहेकोले नेतृत्व गर्नेहरुले खासै चासो नदिएको वताए । कांग्रेस लोकतान्त्रिक पाटी भएकोले उसले महाधिवेशन समयमा सम्पन्न गर्न आम नेता कार्यकर्ता सजग हुनुपर्नेमा जोड दिए ।
नेपालको राजनीति लाई नियाल्दा पछिल्लो समयमा आम जनतामा बडि निराशा छाएको जानकारी दिए । एक प्रसंगमा उनले जोडे धान दिवस भन्ने हिलोमा जान डराउने, खेती किशान नेपालीको पहिचान भएको समेत वताए । आम पाटिका कार्यकर्ताले खेतिपाती गर्नुपर्ने र असार १५ र मंसिर १५ लाई दिवस मात्र होइन सामुहिक रूपमा वास्तविक किसान बनेर काम गर्न समेत अनुरोध गरे ।

नेपालका विश्वविद्यालय र प्रतिस्ठानहरुमा प्राध्यापकहरुको वृतिविकास्मा खासै चासो नदिएको वताए । विद्यालय शिक्षण गर्न ९/१० प्रकारका शिक्षक राख्नु र वर्गीकरण गर्नु सरकारको कमजोरी भएको वताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले कांग्रेस केन्द्रिय समितिले दिएको निर्देशन अक्षरस पालन गरेको, समयमा किर्याशिल नविकरण गरि पठाएको र कोहलपुरमा कांग्रेस प्रती जनलहर भएको वताए । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित नेता कार्यकर्ता सबैले आ आफ्नो परिचय दिदै कांग्रेसमय बनाउन नेताहरु धेरै कुरामा सच्चा भएर आउन अनुरोध गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति प्रदेश कार्यसमिति र नगरकार्य समितिका पदाधिकारी तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । नेपाली कांग्रेस कोहलपुर नगरकार्य समितिका सचिव बाल कुमार शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार