कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ ।
सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
शवको पहिचान नभएपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको केही घण्टामा मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उहाँको पहिचान खुलेका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताए ।
मृत अवस्थामा फेला परेका अन्दाजी ५२ वर्षीय योगीको मृत्यु के कारणले भएको हो र उहाँ सो सामुदायीक वनमा कसरी पुग्नु भयो ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्