Kohalpur Today Header Ads

घाँस काट्न गएका रुकुम पश्चिम मुसिकोटका लोकबहादुर खत्री मृत फेला




सुदाम शर्मा, रूकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ छेडाका लोकबहादुर खत्री मृत फेला परेका छन् । घाँस काट्न जान्छु भनेर चैत्र १ गते बिहान ८ बजे घरबाट निस्किएका ६१ वर्षिय खत्री आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल प्रहरीको कुकुरको सहायताबाट खोज तलास गर्दा खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

वडा नम्बर ३ को छेडा देखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडक देखि करिब ५०/६० मिटर तल माटोले पुरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

बोल्न नसक्ने खत्री सम्पर्क विहिन भएपछि परिवारजनले खोजी जारी राखेका थिए । प्रहरीमा समेत निवेदन दिएका थिए । त्यसपछि परिवारजन, आफन्त र प्रहरीले खोजी जारी राखेको थिए ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार