Kohalpur Today Header Ads

म्यानमा केन्द्रबिन्दु बनाएर गयो शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी




म्यानमा केन्द्रबिन्दु बनाएर शुक्रबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको केन्द्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु सगाइङ सहरको उत्तर-पश्चिम १६ किमी (१० माइल) टाढा, १० किमी गहिराइमा रहेको जनाइएको छ। यस भूकम्पका शक्तिशाली धक्का थाइल्यान्ड र दक्षिण-पश्चिम चीनको युनान प्रान्तसम्म महसुस गरिएको छ।

सामाजिक सञ्जालमा आएको भिडियोहरूमा बैंककका केही भवनहरूमा क्षति पुगेको देखिन्छ। कतिपय भवनहरु ढलेको देखिएको छ। म्यानमारको राजधानीका सडकहरू चिरिएका छन् भने थप कति क्षति भयो भन्ने विवरणहरु आउन बाँकी छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यसको तीव्र कम्पन बैंककका ठूला भवनहरुका माथि रहेका स्विमिङ पुलबाट पानि छछल्किरहेको देखिन्थ्यो भने मानिसहरु निस्किएर सडकमा भागेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत १४ गते शुक्रबार