कोहलपुर २ मा जनप्रतिनिधि र स्थानियले गरे सरसफाई

प्रदिप कुमाई,  कोहलपुर ।

कोहलपुर नगरपालिका २ मा स्थानीय र जनप्रतिनिधिहरुले सरसफाई गरेका छन् । बिहिबार कोहलपुर वडा नं. २ कार्यालयको आयोजनामा स्थानीय र जनप्रतिनिधिहरुले सरसफाई गरेका हुन् ।

कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायतले सरसफाई अभियान वडाले सुरु गरेपनि स्थानीयहरुले निरन्तर सरसफाई गर्नुपर्ने बताए ।

‘आफ्नो घरआगन आफैले सफा राखौं’ भन्ने मुल नाराका साथ अहिले वडामा सरसफाई अभियान सञ्चालन गरिएको वडा अध्यक्ष हरि कठायतले बताए । सरसफाई अभियानमा स्वास्थ्यकर्मीदेखि टोल कमिटिका सबै सदस्यहरु उपस्थित रहेको थियो ।