वेस्टर्न सेकेन्डरीमा नयाँ अभ्यास : ‘प्रि प्राईमरी बालबालिकाको क्रियाकलाप अभिभावकसंग’




कोहलपुर । कोहलपुर नगरपालिका ५ मा रहेको वेस्टर्न सेकेन्डरी स्कुलमा नयाँ अभ्यास निकै प्रभावकारी र गुणस्तरीयता बढेको पाइन्छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी विगतका वर्षझै यसवर्षमा पनि प्रि प्राइमरीका बालबालिकाहरुले वर्षभरी गरिने क्रियाकलापलाई प्रि प्राइमरीका इन्चार्ज गोमा श्रेष्ठ र विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले अभिभावकलाई बुझाएका हुन् ।

प्रि प्राइमरीका इन्चार्ज गोमा श्रेष्ठले स साना बालबालिकाहरुलाई कसरी पढाउने ?, के पढाउने ?, कुन विधिबाट पढाउने ?, उनीहरुको रुची के छ ?, उनीको चाहाना अनुसार के बन्न चाहान्छन् ? लगायत विभिन्न विधिबाट अध्यापन गराउँदै आएको बताइन् ।

उनका अनुसार एक वर्षभरी के के अभ्यासहरु गरेका छन् वा सिकेका छन् भनेर समिक्षा पनि अभिभावकलाई होस् र आगामी दिनमा कसरी पढाउँदा गुणस्तरीयता आउँछ ? भन्ने थाहा हुने बताइन् ।

आफना वालवालिकाहरुको कला, क्षमता र ज्ञानले निर्माण गरिएका पोस्टर तथा बुकहरुको अभिभावकहरुले अवलोकन गर्ने अवसर समेत प्रदान गरेको छ ।

श्रेष्ठका अनुसार शिशु कक्षामा आउदा वालवालिकाहरुको मस्तिष्कमा खेलाउनाको माध्यमबाट वाल सिकाईका खेलौना र ती खेलौनावाट आर्जन हुने शिक्षाकाबारे अभिभावकहरुले कार्यक्रमका दौरान अध्ययन अवलोकन गरेको बताइन् ।

विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले आगामी शैक्षिक सत्रबाट व्यवस्थापन संकाय अध्ययनअध्यापन हुने बताए । विभिन्न प्रविधिको माध्यमबाट वेस्टेर्न सेकेडन्री स्कुलमा ११ र १२ कक्षा समेत सञ्चालन हुन लागेको उनको भनाई थियो ।

‘प्रि प्राईमरी बालबालिकाको क्रियाकलाप अभिभावकसंग’ कार्यक्रमले अभिभावकहरुबाट प्रतिक्रिया आउने अपेक्षा सहित यो कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै निरन्तर नयाँ प्रविधि, व्यवहारिक शिक्षामा वेस्टनले जोड दिदै आएको बताए ।

प्रकाशित मिति : २०८१ फागुन २५ गते आइतबार