Kohalpur Today Header Ads

स्व:स्फूर्त रुपमा टहरा हटाउँदै (फोटो फिचर)




काेहलपुर ।

काेहलपुर नगर विकास समितिले भाद्र १३ गतेका दिन न्यूराेडमा रहेका २ वटा टहराहरू भत्काएकाे थियाे तर बसपार्क हटाउन असफल भएकाे थियाे ।

आज (मंगलबार) काेहलपुर नगर विकास समितिकाे बाेर्डकाे टिम, निर्वाचित जनप्रतिनिधि र अन्य बुद्दिजीवी टाेली  सहित बसपार्कका टहरा हटाउन गएका थिए तर बसपार्कमा बसेका व्यक्तिहरूले स्व:स्फूर्त रुपमा टहरा हटाउन थालेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अहिले काेहलपुर नगरपालिका  प्रमुख  र उपप्रमुख सहित काेहलपुर नगरपालिकाका जनप्रतिनिधि र राजनितिक दलहरूका प्रतिनिधिहरू समेत बसपार्कमा बसिरहेका छन् ।

टहराहरूमा राखिएका टिनका पाता, सटर जस्ता सबै काम लाग्ने समानहरू उठाउन लागेका छन् । तर पसलका समानहरू भने बिहान ७ बजे नै सारिसकेका थिए ।

वसपार्क क्षेत्रमा सपिङ कम्पलेक्स निर्माणका लागी सो क्षेत्रलाई खालि गर्न लागिएको कोहलपुर नगर बिकास समितीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १ गते मंगलबार