भोलि विप्लवसहितका वाम घटकको विरोध प्रदर्शन हुने (पत्र सहित)

काेहलपुर ।

सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (शुक्रबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि भोलि विरोध प्रदर्शन गर्ने भएका हुन् ।