Kohalpur Today Header Ads

नमुना विद्या सदनले मनायो अभिभावक दिवसमा (फोटो फिचर)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ८ मा रहेको नमूना विद्यालयले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा मनाएको छ ।

मंगलबार कोहलपुर नगरपालिका ८ का वडा अध्यक्ष लाल बहादुर रानाको प्रमुख अतिथिमा भएको कार्यक्रममा नमूना विद्या सदनका निर्देशक शिव डाँगीको सभापतित्वमा अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम भएको थियो ।

LIfe Ok

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्नका लागि अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको बताए ।

नर्सरी देखि कक्षा ३ सम्मका वालवालिकाहरु आ–आफनो कला संस्कृति प्रस्तुत गर्दै रमाएका थिए । विद्यालयमा अध्यनरत सबै वालवालिकाहरुका अभिभावकसंगै राखेर अभिभावक दिवस मनाउने योजना सहित दुई चरणमा अभिभावक दिवस मनाउन लागेका विद्यालयका प्रशासकिय प्रमुख नविन रावतले बताए ।

रावतका अनुसार नर्सरीदेखि कक्षा ३ सम्मको पहिलो चरणमा भएको छ भने दोस्रो चरणमा कक्षा १२ सम्मका वालवालिकाहरुका अभिभावकसंगै राखेर अभिभावक दिवस मनाउने तयारी गरिएको बताए ।

नमूना विद्या सदनले शिक्षा क्षेत्रमा विछट्टै छवि वनाउन सफल विद्यालयले समय चक्रसंगै कक्षा १२ सम्म प्रयोगात्कम, तथा वैज्ञानिक शिक्षा अध्यापन गराउदै रावतले दावी गरे ।

दिवसका अवसरमा विभिन्न विधाका खेलहरुमा पुरस्कार समेत वितरण गरिएको थियो । खेल विधाका पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

यस्तै बालबालिकाहरुले वाककला (स्पिच), नृत्य तथा विविध कला प्रस्तुत गरेका थिए भने सामाजिक सञ्जाल प्रयोग गर्दा हुने फाइदा र पार्ने सक्ने असरका बारेमा समेत चर्चा गरिएको थियो । कक्षा-१० मा अध्ययनरत छात्रा आर्जु अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यस्तै कार्यक्रममा ब्राईटलाईट एकेडेमीका संस्थापक प्रिन्सिपल एवं एन प्याव्सन लुम्विनी प्रदेश सह–सचिव गोविन्द चौधरी, तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु प्रसाद वेल्वासे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश शाह, प्रिन्सिपल सुदन कुमार गुरुङ, शिक्षक कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

 

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार