कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ स्थित पिपरी क्षेत्रमा शुक्रबार वृह्त सरसफाई कार्यक्रम गरिएको छ ।
कोहलपुर नगर प्रहरी, साइनिङ स्टार वोर्डिङ स्कुल र नमुना विद्या सदनका विद्यार्थीहरुले संयुक्तरुपमा सरसफाई गरेका हुन् । उनीहरुले सडक क्षेत्र वरपर सरसफाई गरेको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।
कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रलाई सरसफाई र सुफासुघर बनाउन सरसफाई अभियाननै चलाएको छ । कोहलपुर नगरबासीलाई समेत सचेत बनाउने काम भइरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्