कोहलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको अध्यक्षमा विकास बज्राचार्य सर्वसम्मत चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा शरद चन्द्र रावल, उपाध्यक्षमा महेन्द्रराज शर्मा आचार्य, सचिवमा लक्ष्मण बहादुर सिंह, कोषाध्यक्षमा प्रविण गिरी, सहसचिवमा गणेशमान आचार्य र सहकोषाध्यक्षमा नरेन्द्र कुमार झा निर्विरोध चयन भएका हुन् ।
यस्तै पालिका सदस्यहरुमा विराउन शेष (वीर) (डुडुवा), ठगिराम दमाई (बैजनाथ), नवकिरण शाह (कोहलपुर), महेन्द्र बहादुर सेडाई (जानकी), गौरब गिरी (नेपालगन्ज), अब्दुल गफ्फार खाँ (खजुरा) निर्विरोध निर्वाचित भएका हुन ।
यस्तै खुला सदस्यमा धर्म सिंह कार्की (सुभाष), ओम प्रकाश चन्द ठकुरी र राम बहादुर जिसी निर्वाचित भएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्