Kohalpur Today Header Ads

राप्तीसोनारीमा भान्सा सुधार अभिमुखीकरण सम्पन्न




केहलपुर ३ पुस/
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा स्वास्थ्यकर जीवनशैली पर्वद्द्न मा गृहणीहरुका लागी भान्सा सुधार अभिम्खीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र ढकेरी आयुर्वेद शाखाको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले स्वास्थ्यकर जीवनशैलीका निम्ति पहिलो कुरा भान्सा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउदै मानिस अर्गानिक आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारु मानिस स्वस्थ्य रहन भान्सा सुधार अति आवश्यक रहेको बताए । पौराणिक परिवेशको शैली खानपानका कारण पहिलेका मानिसहरु स्वस्थ र दिर्घजीवि भएको हुँदा सकेसम्म भान्सामा प्रयोग गरिने भाँडाकुडा समेत ख्याल गर्नुपर्ने बताए ।
कार्यक्रममा कोहलपुर आयुर्वेद शाखा प्रमुख उदित श्रेष्ठले सहजीकरण गरेका थिए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनार,राप्तसोनारीका जनप्रनिधिहरु, आमा, समुह,स्वयमसेविका,विभिन्न विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहर गृहणीहरुको लगायत ३५ जनाको सहभागीता रहेको थियो ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ३ गते बुधबार