सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नं. २, का अन्दाजी ४० वर्षीय शोभाराम कामीको सोमबार कामको सिलसिलामा सोही गाउँपालिकाको वडा नं. १ कागखोलामा गएर घर फर्किने क्रममा घरेलीडाँडा जङ्गलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उनको शव बाटोबाट करिब चार सय मिटर तल पेदिखोलामा फेला परेको र घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार












प्रतिक्रिया दिनुहोस्