सल्यानमा भिरबाट लडेर शोभाराम कामीको मृत्यु

साँकेतिक तस्विर

सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नं. २, का अन्दाजी ४० वर्षीय शोभाराम कामीको सोमबार कामको सिलसिलामा सोही गाउँपालिकाको वडा नं. १ कागखोलामा गएर घर फर्किने क्रममा घरेलीडाँडा जङ्गलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनको शव बाटोबाट करिब चार सय मिटर तल पेदिखोलामा फेला परेको र घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।