नेपाल एपीएफ स्कुलमा पाँचौ खेलकुद सप्ताह सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको नेपाल एपीएफ स्कुलमा पाँचौ खेलकुद सप्ताह सुरु भएको छ ।

मंगलबार ‘खेल कौशललाई प्रस्फुटित गरौं’ भन्ने मुख्य नाराका साथ सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित खेलकुद सप्ताह सुरु भएको हो । सप्ताह खेलकुद कार्यक्रमका प्रमुख अथिति सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले उद्घाटन गरेका थिए ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई हाउस वाइज अनुसार आ–आफ्नो अन्र्तनिहित प्रतिभा प्रस्फुटित गर्ने र राष्ट्रपति रनिङ्ग सिल्ड र मेयर कप छनौट प्रक्रिया लैजान सप्ताह खेलकुद प्रतियोगिताको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द्र बिक्रम शाहले बताए ।

प्रमुख अथिति तथा सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले आफ्नो प्रतिभा आफैले देखाउनुपर्छ, राष्ट्र र समाजलाई पहिचान दिनुपर्छ एवं खेलले मानिसको शारीरिक मानसिक वृद्धिका लागि अपरिहार्य रहेको बताए ।

विद्यार्थीहरुको आ–आफ्नो सदनात्मक रुपमा मार्चपास्ट, कबड्डी, फुटबल, ज्यावलिङ्ग, थ्रो सटफुट, हाईजम्प, लङजम्प , लामो दौड र छोटो दौड प्रतियोगिता हुनेछ ।

खेलमा प्रथम द्धितीय तृतीय हुने खेलाडीहरुलाई प्रमाणपत्र सहित गोल्ड, सिल्भर, कास्य मेडल सहित पुरुस्कृत गरिने विद्यालयका शिक्षक हरि प्रसाद देवकोटाले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार