राप्तीसोनारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न




 कोहलपुर ।  “हामी सबैको प्रतिबद्धता लैङ्गकि हिँसा अन्त्यका लागी एक्यवद्धता ” भन्ने मुल नाराका साथ मंसिर १० गते (२५ नोभेम्बर देखि राप्तीसोनारी गाउँपालिका वडा न १ कुसुम बाट सुरु भएको लैङ्गकि हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतामुलक कार्यक्रम डिसेम्बर १० मंगलबार राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा समापन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजनामा संचालन गरिएको सो कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमकि प्रमुख अथिती तथा जिल्ला समन्वय समिति बाँके उप प्रमुख सीता कार्कीले लैङ्गकि हिँसा विरुद्ध सबैले आवाज बुलन्द गर्नुपर्ने बताइन । सभ्य समाज निर्माणका गर्न हिंसा रहित समाज बनाउनुपर्ने उनले जोड दिइन ।

राप्तीसोनारी गाउँपालिका महिला तथा शाखा प्रमुख तथा कार्यक्रमकि फोकल पर्सन सम्झना दलामीले स्वागत मन्तव्य गत मंसिर २५ गतेदेखि सुरु भएको लैङ्गकि हिंसा विरुद्धको कार्यक्रममा हरेक वडामा रहेका सामुदायिक विद्यालयहरुका कक्षा ८ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुसंग लैगिंक हिंसा तथा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको बताइन । कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य युवा नेतृ खुमा डाँगीले महिला हिँसा घरबाट अन्त्य गर्नुपर्ने बाताइन ।

उनले लैङ्गकि हिंसा विरुद्धको कार्यक्रममा भाषण छाट्ने तर घरमा गएर महिला हिंसा गर्ने प्रवृतिको अत्यन्त गर्नुपर्ने बताइन महिला मात्र नभएर पुरुष पनि हिंसामा पर्ने गरेको हुँदा वडा स्तरमा लैङ्गकि हिंसा विरुद्धको समिति निर्माण गर्नुपर्ने बताइन कार्यक्रममा नेपाली सेना रणवम गणका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषा सिंह थारुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिका निवर्तमान उपाध्यक्ष धनी कुमारी खत्री , वडा न ९ का वडाध्यक्ष सोहनलाल थारु लगायतले आफ्ना भनाइ हरु राखेका थिए समापन कार्यक्रम राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी ,शिक्षक,विद्यार्थी ,सुरक्षाकर्मी,टोल विकास संस्थाका प्रतिनिधि ,सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार