Kohalpur Today Header Ads

पत्रकार महासंघ निर्वाचन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी




काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयन गर्न शुक्रबार मनोनयन दर्ता भएको छ। महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न मनोनयन दर्ता भएको हो।

महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने प्रेस चौतारी एमालेको भातृ संस्था हो।

महासंघको केन्द्रीय अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा प्रेस युनियन र प्रेस चौतारीले साझा उम्मेदवारी दिएका हुन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

प्रेस युनियन र प्रेस चौतारीबीच केन्द्रीय कार्यसमिति, प्रदेश समिति र जिल्ला शाखामा भागबन्डा गर्ने सहमति भएको हो। सहमतिअनुसार प्रेस चौतारीले केन्द्रमा अध्यक्षसहित पाँच पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति बनेको छ।

प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति सभापतिमा केसी लामिछानेको उम्मेदवारी परेको छ।

त्यस्तै प्रेस युनियनका तर्फबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिन बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीले उम्मेदवारी दिएका छन्।

प्रेस युनियन र प्रेस चौतारीबीच भएको भागबन्डाअनुसार कोशी, मधेश, कर्णाली र उपत्यका चौतारीको भागमा परेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष युनियनले पाएको छ।

त्यस्तै महासंघका ४३ जिल्ला अध्यक्ष प्रेस युनियन र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको छ। महासंघको निर्वाचनका लागि माओवादी केन्द्रनिकट प्रेस सेन्टर, नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनलगायतले गठबन्धन गरेका छन्।

यो गठबन्धनबाट अध्यक्ष पदमा प्रेस सेन्टरका तर्फबाट कमल गिरीले उम्मेदवारी दिएका छन्। त्यस्तै अहिलेका महासचिव रोशन पुरीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यस्तै यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्ट, लालसिंह (एलएस) लामा र देवीप्रसाद सापकोटाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार प्रदेश समितिका लागि मंसिर २४ र जिल्ला शाखाका लागि २६ गते मनोनयन दर्ता हुनेछ।

सदस्यता विवादका कारण पटक–पटक स्थगित भएको महासंघको निर्वाचन आगामी २८ गते हुँदैछ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार