नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा भोली बाँके आउने भएका छन । बाँकेको कोहलपुरमा हुने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन महरा बाँके आउन लागेका हुन ।
माओवादी केन्द्र कोहलपुर नगर समितिले कोहलपुरमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको नगर समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए । मंगलबार दिउँसो १२ बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ताका रुपमा महरा कोहलपुर आउन लागेका हुन । उनले पार्टिका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कोहलपुरस्थित सहिद स्मृती भवनमा हुने पार्टि प्रशिक्षण कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ताहरु सहभागी हुने बताईएको छ । पछिल्लो समय कोहलपुर क्षेत्रमा माओवादी केन्द्रले आफ्ना गतिविधिहरुलाई ब्यापक रुपमा संचालन गर्दै आईरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्