कृष्ण कुमारी शाही, बैजनाथ ।
बैजनाथ गाउँपालिकाका खेल शिक्षकलाई दुई दिने प्रशिक्षक तालिम दिइएको छ । आइतबार सञ्चालनका भएको खेल प्रशिक्षक तालिममा बैजनाथ गाउँपालिकाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई दुई दिने प्रशिक्षक तालिम दिइएको हो ।
बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायको प्रमुख अतिथिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखाका लाल बहादुर बोहराले कार्यक्रम सञ्चालन गरेका थिए ।
उपाध्यक्ष रोकायले प्रशिक्षक तालिम थोरै दिनको भएर सिकाई प्रभावकारी नभएको जस्तो अनुभव भएको बताउँदै आगामी दिनहरुमा एक हप्ता भन्दा बढि तालिम बनाउनु पर्ने उनको भनाई थियो ।
यस्तै लुम्बिनी प्रदेश कवडी संघका अध्यक्ष जनार्दन खत्रीले यो तालिमलाई कम्तीमा एक हप्ताको बनाएको भए निकै प्रभाकारी हुने उनको भनाई थियो ।
खत्रीका अनुसार बैजनाथबाट राष्ट्रिय स्तरका प्रतियोगितामा र एसिएन कपमा समेत खेलिरहेको अवस्थामा बैजनाथका सामुदायिक विद्यालयहरुमा समेत सो तालिम दिनुपर्ने उनको भनाई थियो ।
खत्रीले कवडी कोट कसरी निर्माण गर्ने, कवडी खेलमा कति खेलाडी रहने, खेलका नियम के हुन् ? यसका साथै खेल प्रयोगात्मक रुपमा फिल्ड निर्माण र रचनात्मक रुपमा खेल खेल्ने तरीका के के हुन्छन् ? जस्ता खेलहरुका बारे प्रशिक्षण दिएका थिए ।
यस्तै नेपालका चिप कोच अफ एथलेटिक्सका चन्द्र बहादुर गुरुङले ट्राक र फिल्डमा सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र तीन हजार मिटर दौड, रिले, सटपट, लङ्जम्प, हाइजम्प, त्रिपलजम्प, ज्यापलिङ थ्रो समेतको ट्रयाक निर्माण र खेलाडीलाई खेलाउदा ध्यान दिनुपर्ने नियमहरुका बारे जानकारी गराएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्