कोहलपुर ।
नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई निलम्बन गरेको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मुल्य, मान्यता विपरित सार्वजनिक रुपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टी कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्ध गतिविधि गरको भन्दै बाँके एमालले निलम्बन गरेको छ ।
निरक गुरुङ्गको अध्यक्षको हस्ताक्षर गरेका छन् भने एमालेको केन्द्रिय कमिटी, लुम्बिनी प्रदेश कमिटी र बाँकेका सबै पालिका कमिटीलाई बोधार्थ समेत दिइएको छ ।
प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्