Kohalpur Today Header Ads

वाईवाई पाँचौ बर्दिया माघ महोत्सवको तयारी तिव्र, झण्डै ८० प्रतिशत काम




रावन विश्वकर्मा,

बर्दियाको बाँसगढीमा सञ्चालन हुने वाईवाई पाँचौँ बाँसगढी औधोगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७८ को तयारी तिव्र पारिएको छ । बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाको मुख्य आयोजनामा यहि पौष २९ गते देखी माघ ९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । महोत्सवलाई भव्य रुपमा सफल पार्न विभिन्न उप समितिहरु निर्माण गरी तयारीलाई तिब्र पारिएको र झण्डै ८० प्रतिशत हाराहारीमा काम भई सकेको महोत्सव मुल समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारुले बताउनु भयो । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती सँगै थारु साँस्कृतिक नाच प्रतियोगित, थारु पहिरण प्रर्दशनी, बर्दिया डान्स आईडल समेत सञ्चालन गरिने संघका अध्यक्ष थारुले बताउनु भयो । महोत्सवमा थारु लगायत अन्य समुदायको पहिचान झल्किने गरी हाम्रो गाँउको निर्माण समेत गरिने छ । बाँसगढीको खानेपानी चोक नजिकै मैनापोखर जाने चोकको उतर साईडमा महोत्सव सञ्चालन गरिदै छ । महोत्सव सञ्चालनको लागि गेट निर्माण, स्टल निर्माण, मञ्च निर्माण सँगै महोत्सव स्थललाई घेर्ने काम भईरहेको बाँसगढी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा प्रयोजक तथा स्टल बुकिङ्ग उपसमिति संयोजक बद्री बरालले बताउनु भयो । महोत्सवको मुख्य प्रायोजनको रुपमा वाईवाई सिजी फुड्स ईन्टरप्राईजेज प्राली र प्रयोजकको रुपमा अन्य ४।५ वटा सँग सम्झौता भईसकेको र बाँकी अन्यहरु सँग कुरा भईरहेको प्रयोजक तथा स्टल बुकिङ्ग उपसमिति संयाजक बरालले बताउनु भयो । बरालले महोत्सवमा १ सय ५० स्टल निर्माण गरिने बताउनु भयो । त्यस्तै प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले मेलाको प्रचार प्रसारलाई तिव्र पारिएको बताउनु भयो । झण्डै १ लाख ५० हजार नागरिकहरुलाई महोत्सवको अवलोकन गराउने गरी प्रचार प्रसारका हरेक माध्यमहरु अवलम्बन गरिएको प्रचार प्रसार संयोजक अधिकारीले बताउनु भयो । महोत्सवको प्रचार प्रसारको लागि प्रचा, पम्पलेट, माईकिङ्ग, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन मिडिया, सामाजिक सञ्जाल लगायतलाई माध्यम बनाईएको अधिकारीले बताउनु भयो । बर्दिया माग महोत्सवमा अन्य महोत्सवहरु जस्तै बाल उद्यान, रोटे पिङ्ग, मौतका कुवा लगायतका संरचनाहरु निर्माण गर्ने कार्यहरु समेत चलिरहेको छ । महोत्सवमा आकर्षक गेट निर्माण गरिने समेत आयोजकले जनाएको छ । “कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नारा सहित सञ्चालन हुने महोत्सव मार्फत स्थानिय कला संस्कृतिको संरक्षण र प्रर्वद्धन सँगै बर्दियामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा थप टेवा पुग्ने उपेक्षा गरिएको छ ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार