Kohalpur Today Header Ads

सबै सहकारी डुबेका छैनन् : हरि कठायत




भगवती पोख्रेल, कोहलपुर । सृष्टि बहुउद्देश्यीय सहकारी संस्थाले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं .२ कृष्ण नगरमा रहेको संस्थाले साधारण सभा सम्पन्न गरेको हो । उक्त साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् कोहलपुर नगरपालिका वडा नं -२ का वडाध्यक्ष हरिकठायतले सहकारी संस्थाप्रतिको आम धारणा नकारात्मक भएको विचार व्यक्त गरे ।

उनले कोहलपुर नगरपालिका भित्र रहेका कुनैपनी सहकारीले आम नागरिक र सर्वसाधारणको पैसा लाई कुनैपनी हालतमा संरक्षण गरि आवश्यक परेकोबेला सहकार्य गरि आर्थिक समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सहकारी लाई सर्वसाधारणको नजरबाट गिरावट हुन नदिन सहकारी संस्थाको नियम, विधानमा रहि काम गर्नुपर्नेमा जोड दिए । ऋण लिने तर तिर्न नसक्ने शेर सदस्य र सहकारीको नेतृत्व गर्नेहरुले बचत कर्ताको पैसा हिनामिना गरेको कारण आम नागरिकहरु सहकारी प्रती डराउने गरेको वताए ।

उनले उपप्रधानमन्त्री एवम् गृहमन्त्री भएका रवि लामिछाने जस्ता त सहकारीको पैसा हिनामिना गरेकोले जेल जानुपर्ने भएकोले अन्यले हिनामिना गरे छुट नहुने समेत वताए ।

LIfe Ok


कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका सचिव एकराज शर्माले  पछील्लो समय सहकारी संस्थाप्रती नागरिकमा नकारात्मक सोच पैदा भएको वताए । उनले सबै सहकारीहरु नडुबेको जानकारी दिए ।

सहकारीले कस्तो व्यक्ति वा संस्था र समुह लाई ऋण प्रवाह गर्ने, ऋण असुली कसरी गर्ने भन्ने कुराको सुनिश्चितता नभई लगानी गरेको र सहकारीको नेतृत्व गर्नेहरुले जथाभावी गरेकोले समस्या आएको वताए । जसको कारण सर्वसाधारणले एक छाक नखाई जम्मा गरेको रकम हिनामिना हुने गरेको वताए । उनले सहकारीमा पैसा लिदा अनेक विन्तिभाउ गर्ने र सांवा र व्याज समयमा तिर्न नखोज्ने बानीको कारण सहकारीप्रती आम नागरिकको चासो नभएको वताए ।


कार्यक्रममा बोल्दै ब.स.स.लि. संस्थाकी कोषाध्यक्ष  माया गौतमले सहकारी सर्वसाधारणले स्थापना गरेकोले संरक्षण गर्ने जिम्मेवारी पनि शेर सदस्यहरुको नै भएको वताईन । उनले सहकारीमा शेर लिन तर बचत बाहिर गर्नु राम्रो नभएको वताईन ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं -१ का पुर्व वडाध्यक्ष गोपि खनाल, वडा नं -२ का पुर्व वडाध्यक्ष कर्ण विसि लगायतले सहकारीको बारेमा आ आफ्नो विचार राखेका थिए ।

सृष्टि बहुउद्देश्यीय सहकारी संस्थाले  थिर बहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति  सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज भन्डारी, सदस्यहरु मोहन राज कडेल, रत्न कुमारी थापा, धनकृस्णा न्यौपाने, निना विसि, गंगा कुमारी खत्री गरि सात सदस्यीय कार्यसमिति र लेखासमिती संयोजकमा  रविलाल भन्डारी रहेको लेखा समिति छनौट गरेको छ । जसमा तिलक बुढा मतवाला र हर्सिना मगर गरि ३ सदस्यीय लेखा समिति छनौट भएको निर्वाचन मन्डलका सदस्य एकराज शर्माले जानकारी दिए ।


संस्थाले आ.व. २०८०/०८१ को आयव्यय रु ७,०२१,२९५३/२४ आ.व. २०८०/०८१ को स्थिति विवरण २,९४,४५,४५४/५४ रहेको छ । जसमा शेर पुंजी ५३,०३००० रहेको र ६५३ जना शेर सदस्य संख्या रहेको सहकारीका व्यवस्थापक उदय बहादुर बुढाले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार