Kohalpur Today Header Ads

पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटना: १८ विद्यार्थी घाइते




चितवन ।

चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ।

कालिका नगरपालिका-४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस आज साँझ ५ बजे कालिका नगरपालिका-९ द्रब्यटारमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

LIfe Ok

दुर्घटनामा चालकसहित १८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। अहिले चितवन मेडिकल कलेजमा १० र पुरानो मेडिकल कलेजमा ८ जनाको उपचार भइरहेको केसीले जानकारी दिए।

उनका अनुसार ३० जना विद्यार्थी सहित ३६ जना बसमा सवार थिए। पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेल भएर सवारी दुर्घटना भएको उनले बताए। घाइतेहरूको पुरा विवरण आउन बाँकी रहेको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार