झलकमान बुढाका सुन्दर गजल




दशै आयो कसैको रहर फेरियो
अँ साच्चिकै त्यो सहर फेरियो ।।

बत्ती बिजुली बाटो घाटो छैन रे
हुनत मुखियाको जिम्मेवार फेरियो ।।

के हेर्थेउ गाउका लाटा गाडा लाई
पिचसडक मै तिम्रो घर फेरियो ।।

देख्नै छोडेउ आजभोली त्यो बस्ती
गुनासो केही छैन हेर्ने नजर फेरियो ।।

छन ढुंग्गे युगका मानिस हरु पनि
हो तिनिहरु लाइ गर्ने कदर फेरियो ।।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार