Kohalpur Today Header Ads

ठकुरी एकता समाजद्धारा शुभकामना आदानप्रदान




कोहलपुर ।

ठकुरी एकता समाज कोहलपुर–३, बाँकेको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

शनिबार कोहलपुर बागेश्वरी ईमी स्कुलको सभाहलमा औपचारीक कार्यक्रम गरी ठकुरी एकता समाज कोहलपुर–३, बाँकेले हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवं छठ पर्वको पावन उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको हो ।

LIfe Ok

ठकुरी एकता समाजका अध्यक्ष हिमाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा ठकुरी सहयोग सञ्जालका जिल्ला अध्यक्ष दिपक कुमार शाहीको प्रमुख अतिथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका २ का वडा अध्यक्ष राजु रुचाल, कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही, दिपक शाही, विष्णु केसी, विष्णु केसी, बागेश्वरी ईमी स्कुलका सञ्चालक विष्णु केसी, विद्यालयका प्रिन्सिपल कलाधर चापागाई, सुनमाया मल्ल, केशव राज शाही, धर्म बहादुर शाही, भोजराज शाही, अग्र बम, कर्ण बहादुर शाही, जिवन शाही, दुर्ग बहादुर शाही लगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिबार