Kohalpur Today Header Ads

सर्लाहीमा गोली हानेर हत्या




सर्लाही ।

सर्लाहीमा एक महिलाको गोली हानेर हत्या गरिएको छ। जिल्लास्थित हरिपुर्वा नगरपालिका-५ मा स्थानीय २३ वर्षीया चित्रलेखा यादवको गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गोली चल्दा अर्का एक जना व्यक्ति घाइते भएका छन् । घटना आज बिहान पौने २ तिर भएको थियो। प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान खुलाएको छैन ।

LIfe Ok

प्रहरीले दिएको जानकारी अनुसार मृतक चित्रलेखाका ५४ वर्षीय ससुरा रामदिनेश रायलाई बायाँ हातमागोली लागेर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार जारी छ ।

सर्लाही प्रहरीले गोली हानेर फरार भएका व्यक्तिको खोजीकार्यलाई तिब्र बनाएको जनाएको छ। ती व्यक्तिको खोजीका लागि जिल्लाको सीमा क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ।

मृतकका श्रीमान गएराति एक जना व्यक्तिसँग मोटरसाइकलमा आएपछि घरमा गोली प्रहारको घटना भएको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चित्रलेखालाई गोली हान्ने व्यक्ति उनकै श्रीमान हुन् वा अरु कोहिलाई गोली हान्न लगाएको भन्ने बारेमा अझै केहि नखुलेको जानकारी दिएको छ।

यता राति नै प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ । तर जिल्ला प्रहरी सर्लाही गोली हान्ने व्यक्ति को हो भन्ने बारेम अझै केहि जानकारी दिएको छैन ।

प्रहरीले घटनास्थलबाट दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको पेस्तोलको गोली बरामद गरेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार