कोहलपुर ।
कोहलपुर नगरपालिका नगर कार्यपालिकाकाे निर्वाचनमा नेपाली काँग्रेसकाे एकल बहुमतले निर्वाचित भएका छन् । बिहिबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट आठ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन ।
निर्वाचित हुनेमा खुल्लातर्फ ईश्वरी प्रसाद वि.क., भुप बहादुर दर्जी, नरेश वान्तवा राई, महिलातर्फ अनिता विसी, केसरी कुमारी रावत, सुनिता विष्ट, पवित्रा थारु, सुनिता सुनार निर्वाचित भएका छन् ।
नगर कार्यपालिकामा ७७ मतदाता छन् । तीमध्ये ४८ जना काँग्रेसका थिए । कोहलपुर नगरपालिकामा १५ वटा वडामध्ये काँग्रेसले नगर प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जीत निकालेको थियो भने नेकपा एमालेले तीन र नेकपा माओवादीले दुई वडा जितेको थियो ।
प्रकाशित मिति : २०७९ जेठ १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्