तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले झन्डै पाँच बर्षको अवधीमा नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको १०औं नगर सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले वितेको झन्डै पाँच वर्ष उपलब्धीमुलक भएको दावी गरेका छन् ।
आफुहरु अन्तिम आर्थिक वर्षमा रहेको र अहिलेसम्म सफलता पुर्वक कामहरु सम्पन भएको उनले बताए । यहाँसम्म आईपुग्दा आफुहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै उनले आफनो कार्यकाल निकै उपलब्धी मुलक भएको बताए । आफुहरुकै पालामा तुलसीपुर उपमहानगरपालिका नेपालकै उत्कृष्ट उपमहानगर घोषित भएको उनको भनाई छ । जनप्रतिनिधि नहुदा र जनप्रतिनिधि आईसकेपछि तुलसीपुरको विकासले धेरै फड्को मारेको उनले बताए ।
समृद्धि तुलसीपुर, सबैका लागी, सधैका लागी भन्ने नाराका साथ शहरदेखी ग्रामिण भेगसम्म सडक, विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, खानेपानी, खेलकुद लगाएतका थुप्रै महत्वपुर्ण विकास निर्माण भएको उनले बताए । तुलसीपुरलाई शिक्षाको हवका रुपमा विकास गर्नका लागि बहुप्राविधिक शिक्षालय, स्वास्थ्य हबका रुपमा मेट्रो अस्पताल संचालन गर्न सफल भएको बताए ।
यस्तैगरी २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान भईरहको बताए । कुनै समय गौचरण बनेको बिमानस्थलमा आफुहरु आईसकेपछि नियमित हवाई सेवा, ईन्धन डिपो स्थापना लगाएतका गौरवपुर्ण कामहरु भएको उनले बताए । तुलसीपुरका १९ वटै वडामा वडाबासीहरुको स्वास्थ्यमा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरु स्थापना भएको बताए । यसका साथै उपमहानगरलाई मातृशिशु मुत्युदर शुन्यमा झारेको बताउदै उनले यो ठुलो उपलब्धी भएको बताए ।
यसका साथै सुरक्षित मेयर आवास कार्यक्रम अन्र्तगत जस्तापाता वितरण गरेको बताए । साथै उनले विकासको मुल आधार मानिएको सडकको विस्तार अन्र्तगत अहिलेसम्म १२ सय किमि सडक स्तरोन्नतीको गरेको बताए । तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार हरेक योजनाको आवधिक र दिर्घकालिन रणनितिलाई अघि बढाएको हुदा यो विकासको मुख्य आधार स्तम्भ भएको बताए ।
उनले सरकारले स्थानिय तहको निर्वाचनको मिति तोके सँगै अब आउने जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्न आतुररहेको बताए । नगर सभाको पहिलो बैठकमा नगर प्रहरी विधेयक लगाएतका विधेयक पेश गरी छलफल सुरु गरिएको छ । सो अवसरमा उपप्रमुख माया शर्मा, प्रवक्ता सुर्य बहादुर डाँगी, आर्थिक समितिका संयोजक माधव वली र तुलसीपुर ७ का वडा अध्यक्ष टोप बहादुर केसी लगाएतले बोल्नु थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्