वाइसीएल बाँकेको आयोजनामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता रंगशालामा हुने




कोहलपुर ।

बाँकेको वाइसीएल बाँकेको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता नेपालगञ्जकोे रंगशालामा हुने भएको छ । जिल्ला कार्यालय तथा पालिका प्रमुखहरुकोे संयुक्त बैंठकबाट मैत्रीपूर्ण फुटबल प्रतियोगिता नेपालगञ्जकोे रंगशालामा हुने भएको हो ।

वाइसीएल नेपाल बाँकेका संयोजक आकाश कार्कीका अनुसार २७ औं जनयुद्ध दिवसको अवसरमा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता नेपालगञ्जको रंगशालामा हुने कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

वाइसीएल नेपाल बाँकेका संयोजक कार्कीका अनुसार खेलाडीहरुमा पालिका कमिटि तथा माथिल्ला कमिटिहरुका हुनपर्नेछ भने टिम दर्ता गराउनका लागि फागुन दिउँसो १२ बजेसम्म टिम दर्ता गराउनुपर्ने बताएका छन् ।

सो मैत्रीपूर्ण फुटबल प्रतियोगिता फागुन १ बजे उद्घाटन हुने वाइसीएल नेपाल बाँकेका संयोजक कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार खसी तथा प्रमाण–पत्रको व्यवस्था गरिएको वाइसीएल नेपाल बाँकेका संयोजक कार्कीले बताए ।

सो प्रतियोगिताको लागि समिति समेत छनोट गरिएको छ । जसको संयोजकमा छवि बिष्ट रहेका छन् । सदस्यहरुमा सुनिक गिरि, इमाम खा,खेम क्षेत्री, शेर बहादुर खड्का (सुजल) रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार