गल्ती स्वीकार्दै सांसद ढकालले आत्माआलोचना सहित मागे माफी




कोहलपुर ।

बाँके क्षेत्र नं. १ का संघिय सांसद सुर्य ढकालले आफुले बोलेको विषयलाई लिएर आत्माओलोचना सहित माफि मागेका छन् । शिक्षा विद्येयकमा साउन ७ गते बोलेका शब्दहरुलाई लिएर उनी विवादित थिए ।

सो विषयमा कोहलपुर टुडेले समेत बेकामे सांसदको पत्रकार भेटघाट : निरुत्तर सांसद सुर्य ढकाल शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सो समाचार पश्चात उनले तत्काल विज्ञप्ती निकालेका थिए ।

उनले विज्ञप्ती भनिएको छ, ‘मेरो भनाइले समस्त शिक्षकको आत्मसम्मानमा ठेस पुगेको भन्दै आत्म आलोचना भएको सम्पूर्णमा अनुरोध गर्दछु ।’ लेखिएको छ ।

उनले यो भन्दा पहिले पनि सयौं योजना बनाउँदै बजेटलाई समेत देखाउँदै विभिन्न सामाजिक सञ्जाल मार्फत अफवाह फैलाइरहेको अहिले सावित भएको छ ।

सार्वजनिक भएका सयौं योजना मध्ये यो योजनामा यति बजेट ल्याए भन्ने उनीसंग ल्याकत छैन । होओस पनि कसरी ? यो क्षेत्र नं. १ का बासिन्दाहरुले उनीलाई योजना मात्र सार्वजनिक गर्न पठाएका होइनन् ।

कोहलपुर, राप्तीसोनारी र नरैनापुर गरी उनका सयौं योजना सहित विभिन्न सामाजिक सञ्जाल र केही उनका आफ्ना नजिकका मिडिया माफत समेत प्रकाशन गरेका थिए । विभिन्न समयमा कोहलपुरमा पत्रकार सम्मेलन गरी विभिन्न देश र नेताहरुका बारेमा बोल्ने मात्र उनको काम होइन ।

कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा शिक्षामा लगानी गर्नका लागि पहल काँही कतै छैन तर उनले शिक्षकका विषयमा निरुत्तर हुने गरी बोलेपछि उनले आफ्नो लेटर प्याडमा सार्वजनिक रुपमै माफी मागिसकेका छन् ।

आफ्नो राजनीति नै सक्किने डरमा रहेका ढकालले कसैको साथ नपाएपछि एमाले निकट विद्यार्थी र केही शिक्षक नेतालाई गुहारेका थिए । उनी खुरापात गर्न र जनतासंग झुट बोल्नमा माहिर देखिएपछि जनतासंगैै पार्टी नेतृत्वले समेत उनको विश्वास गर्न छोडेको बाँकेका एक एमालेका नेता बताउँछन् ।

याे पनि पढनुहाेस् ।

बेकामे सांसदको पत्रकार भेटघाट : निरुत्तर सांसद सुर्य ढकाल

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार