राप्तीसोनारीमा महिलाहरुका लागी पन्चैबाजा बजाउने तालिम




बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ बुचापुरमा १० दिने महिला पन्चैबाजा बजाउने तालिम बुधबार सम्पन्न भएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना तथा कला संस्कृति तथा पन्चैबाजा संरक्षण समितिको समन्वयमा भएको तालिमको समापनसत्रमा बोल्दै प्रमुख अथिति तथा राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले कला र संस्कृतिको संरक्षणमा कला संस्कृति तथा पन्चैबाजा संरक्षण समितिले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए। कार्यक्रममा बोल्दै वडाध्यक्ष थारुले महिलाहरुले पन्चैबाजा तालिम सिकेर समुदायमा नयाँ र सकारात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै प्रशिक्षक निम बहादुर परियारलाइ कदरपत्र सहित सम्मान गरिएको थियो। पर्यटन कार्यालय कोहलपुरले समितिलाइ पन्चैबाजा सेट तथा पोशाक सेट समेत हस्तान्तरण गरेको थियो ।

तलिमको समापनसत्रमा नेशनल प्याब्सन राप्तीसोनारीका अध्यक्ष सागरदत्त गौतम,जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक भद्र बहादुर केसी,पर्यटन कार्यालय कोहलपुरका प्रतिनिधी इन्द्रराज केसी ,कला संस्कृति तथा पन्चैबाजा संरक्षण समितिका अध्यक्ष लिल बहादुर केसी लगायतको सहभागीता रहेको थियो । जेठ १२ गतेदेखी २२ गते सम्म संचालन गरिएको तालिममा राप्तीसोनारी ९ का १५जना महिलाहरुको सहभागीता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार