कोहलपुर ।
केही दिन अगाडी विवादित बनेका बाँके क्षेत्र नं. १ का सांसद सुर्य ढकाल निरुत्तर छन् । आज कोहलपुरमा पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएनन् ।
सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एक पटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परिक्षा लिनुपर्ने र राती १ वजेसम्म दारु खान्छ तर उ शिक्षक हो ।’
यस्तो विवादित हुने शब्द बोलेपछि देशभरका शिक्षकहरुले उनीलाई आलोचना गरेका छन् । सोही विषयका कोहलपुरमा पत्रकार भेटघाटमा पत्रकारका प्रश्नका उत्तर दिएनन तर उनले शिक्षककै पृष्ठपोषणमा विचार राखे । पत्रकार प्रदिप वाग्ले, कपिल अञ्जान, कृष्ण वली, डिल्ली शाही र दिनेश न्यौपाने लगायतले प्रश्न सोधेका थिए ।
पहिलो पश्न, तपाईको क्षेत्रमा कति शिक्षामा लगानी गर्नुभएको छ ? मिडियालाई यहाँको सहयोगको अपेक्षा गर्नुहुन्छ तर यहाँले मिडिया क्षेत्रको लगानी अहिलेसम्म कति गर्नुभएको छ ? के तपाईकै घरमा प्रअकै भूमिका हुनुहुन्छ के उहाँहरुले ५/५ वर्षमा परिक्षा लिन तयार हुनुहुन्छ ? के उहाँहरुले राती १ बजेसम्म दारु खानुहुन्छ ? निजामति कर्मचारीहरुलाई टिएडिएको व्यवस्थापन हुन्छ तर शिक्षकलाई के व्यवस्था गर्नुहुन्छ ? विद्यालयमा शिक्षक नियुक्ती गर्दा राजनितिक दलकै नेताहरुले प्रअलाई दवाव दिनुहुन्छ के त्यसबाट गुणस्तरीय शिक्षा प्राप्त हुन्छ ? भन्ने लगायतका दर्जनौं प्रश्नहरु गरेका थिए ।
ढकालले देशमा कलकारखाना सञ्चालनमा नआएसम्म रोजगारीको अन्त्य नहुने जिकिर गरे । अन्य विषयमा उनले बोल्न चाहेनन । तर सोधिएका प्रश्नहरुको बचाउँ गर्दै आफूले नबोलेको र झुटा आरोप लगाएको उनी बताउँछन् ।
ढकाल भन्छन्, ‘५/५ वर्षमा परिक्षा लिन विषय मैले उठाएको विषय होइन, यो व्यवहारिक विषय पनि होइन् ।, एउटा निजामति कर्मचारीले मन्त्रालयमा नगए केही पनि हुँदैन, त्यसले धेरै असर गर्दैन तर शिक्षक एक हप्ता विद्यालय गएन भने त्यसले असर गर्छ ।’
बोले त केवल आफ्नो राजनितिक खराब हुने डर उनीमा छ । उनको आफुले बोलेका विषयहरु पनि नभएको र त्यसलाई गतल ढङबाट नबुझन आग्रह समेत गरे ।
केही महिना अगाडी आफैले सार्वजनिक गरेका करिब १ सय भन्दा बढि योजनाहरुलाई अहिले कुनै क्षेत्रमा देखिएको छैन । उनका योजनालाई बजेट सहित नयाँ योजना भन्दै सामाजिक सञ्जालमा रारिएको थियो ।
नयाँ आर्थिक वर्षमा पञ्चबर्षिय योजना नै निरन्तर आउने बजेट बाहेक अरु केही पनि आएको छैन । कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा १/१ वटा मात्र पञ्चबर्षिय योजना छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्