मकवानपुर ।
मकवानपुरको हेटौँडाबाट अनलाइनमार्फत ठगी गर्ने भारतीय गिरोहका ९ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरुमा भारतको पटना आलमगंजका २८ वर्षका नवनित कुमार, झारखण्डको २७ वर्षका शाहरुख खान, बिहारका २९ वर्षका कुन्दन कुमार, उत्ताराखण्ड स्थित नैनितालका २६ वर्षका आशिष कब्डौला, झारखण्डको राँचीका ३४ वर्षका विशाल कक्कड, सोहि स्थानका ३८ वर्षका लोकेश कुमार दुवे, २९ वर्षका विकास कुमार सिंह, वेस्ट देल्हीका २८ वर्षका अरुण कुमार र उत्तर प्रदेशको गजियावादका ४० वर्षका कुनाल शर्मा रहेका छन्।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका सात थान ल्यापटप, तीन थान राउटर, १३ थान मोवाइल, एक थान हार्डडिस्क, चार थान हेडफोन, दुई थान माउस, १८ थान ल्यापटपका चार्जर, वेब क्यामेरा एक थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प दुई थान र मेडी एसिस्ट लेखेको स्ट्याम्प दुई थान बरामद गरेको छ।
उनीहरुले भारतको राचीस्थित मुख्य कार्यलयमा मेन सर्भर राखि क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पुर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको उनको भनाइ छ । अनुसन्धानका क्रममा हालसम्म कम्पनीद्धारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको र अभिलेखिकरण नभेटिएको प्रहरीले जनाएको छ। बाँकी तीन जना फरार रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षका रिजालका अनुसार फरार हुनेमा द्रबिन कुमार सिंह, रजत शर्मा र प्रकाश रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरित कसुर अपराध गरेको मुद्धा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए।
नयाँ पत्रिकाबाट
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्