एसईई परीक्षामा लुम्बिनी प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल कोहलपुरका दुई विद्यालय सम्मानित




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका दुई विद्यालय सम्मानित भएका छन् ।

शुक्रबार एन प्याब्सन लुम्बिनी प्रदेशले आयोजनामा भएको कार्यक्रममा एन प्याब्सनमा आवद्ध बाँके जिल्लाका संस्थागत विद्यालयहरुमध्ये कोहलपुरका पञ्चमुखी ईमि स्कुल र जनज्योति पब्लिक हाई स्कुल सम्मानित भएका हुन् ।

पञ्चमुखी ईमि स्कुलका एमडी केशोरराज मल्ल र जनज्योति पब्लिक हाई स्कुलका एमडी वेगम चन्दलाई सम्मान गरेको थियो । पञ्चमुखी ईमि स्कुलका छात्रतर्फ सुमित यादव पनि सम्मनित भएका हुन् । उनले ३.८६ जिपीए ल्याएका थिए ।

एसईई परीक्षामा नेशनल प्याब्सन लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले कोहलपुरका दुई विद्यालयलाई सम्मान गरिएको नेशनल प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुवेर बस्नेतले जानकारी दिए ।

लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयलाई सम्मान गर्नु पाउँदा निकै खुसी भएको भन्दै आगामी दिनहरुमा यहाँहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता बस्नेतले व्यक्त गरे ।

कोहलपुरको पञ्चमुखी ईमी स्कुलले २०८० को एसईई परीक्षामा सहभागि सबै ३८ जना विद्यार्थीहरू उत्तीर्ण भएका थिए भने जनज्योति पब्लिक हाई स्कुलले २०८० को एसईई परीक्षामा सहभागि सबै ५६ जना विद्यार्थीहरु उतीर्ण भएका थिए ।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रबार