जुम्लामा धुवाँमा निसासिएर सुत्केरी र उनकी बहिनीको मृत्यु




काठमाडौं ।

जुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ ।

आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकाया, १९ वर्षीया जुनमाया रोकाया र १२ दिनको शिशु गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगा पुर्‍याएको थियो । मायालक्ष्मीको उपचारको क्रममा सोमबार र उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

बच्चाको आईसीयूमा उपचार भइरहेको छ । बहिनी जुनमाया दिदीको स्याहारका लागि आएकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार