काठमाडौँ ।
गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ।
तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्