नवलपुर ।
नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती-५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।
आफ्नै घर अगाडि रहेको नाली नजिक बसेका बाबुमाथि छोराले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्