ढुंगाले हानेर १८ वर्षीय छोराले गरे ४३ वर्षीय बुबाको हत्या




नवलपुर ।

नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती-५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

आफ्नै घर अगाडि रहेको नाली नजिक बसेका बाबुमाथि छोराले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार