कृष्ण कुमार शाही, बैजनाथ
नेपाल राष्ट्रिय शिक्षक संगठन बैजनाथको पाँचौ गाउँ परिषद तथा तेस्रो अधिवेशन हिजो सम्पन्न भएको छ ।
बैजनाथ ६ स्थित इश्वरी मा.वि. एच गाउँमा नेपाल राष्ट्रिय शिक्षक संगठन बैजनाथका अध्यक्ष राजकुुमार सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समितिका उपमहासचिव एकदेव पन्थी प्रमुुख अतिथी रहेका थिए ।
राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, शिक्षक महासंघ अध्यक्ष महेश कुुमार शर्मा, मान बहादुुर रुचाल, मन बहादुुर खत्री, जिल्ला अध्यक्ष रेखा धिताल, बैजनाथ इन्चार्ज बीर बहादुर शिंह ठकुुरीले शुुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रमण सुुबेदीले गरेका थिए ।
अधिवेशनबाट हिक्मत बि.सीको अध्यक्षतामा उपाध्यक्ष हेमा चन्द, उपाध्यक्ष रोम प्रसाद रेग्मी, सचिव केशवराज रिजाल, कोषाध्यक्ष मंगल खत्री, सह-सचिव सिता खत्री, सह-कोषध्यक्ष पुुष्पा के.सी. सहित १७ सदस्यीय नयाँ समिति सर्वसहमत चयन गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्