२० हजार भूमिहीनलाई लालपूर्जा वितरण गरेकी छु : मन्त्री श्रेष्ठ

काेहलपुर । सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् ।

बाँकेको कोहलपुर नगरपालिका-३ स्थित गाउँ ब्लकमा रहेका ९* घरपरिवारलाई आइतबार लालपूर्जा वितरण गर्दै उनले दाबी यस्तो दाबी गरेकी हुन् । गाउँ ब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम आगाडि बढाएको उनको भनाइ छ ।

चार महिनाको अवधिमा १९ हजार ६ सयभन्दा बढी भूमिहीनलाई लालपूर्जा वितरण गरिसकिएको उनले बताइन् । अबको एक वर्षभित्रमा सबै गाउँ ब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तिब्र पारिएको उनको भनाइ छ ।

संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै उनले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दीगो रुपमा नै समाधान गर्न आफू लागि परेको बताइन्