काेहलपुर । सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् ।
बाँकेको कोहलपुर नगरपालिका-३ स्थित गाउँ ब्लकमा रहेका ९* घरपरिवारलाई आइतबार लालपूर्जा वितरण गर्दै उनले दाबी यस्तो दाबी गरेकी हुन् । गाउँ ब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम आगाडि बढाएको उनको भनाइ छ ।
चार महिनाको अवधिमा १९ हजार ६ सयभन्दा बढी भूमिहीनलाई लालपूर्जा वितरण गरिसकिएको उनले बताइन् । अबको एक वर्षभित्रमा सबै गाउँ ब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तिब्र पारिएको उनको भनाइ छ ।
संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै उनले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दीगो रुपमा नै समाधान गर्न आफू लागि परेको बताइन्
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्