Kohalpur Today Header Ads

धान रोप्ने क्रममा चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु




बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्।

LIfe Ok

उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

राप्तीसोनारीमा धान रोप्न क्रममा चट्याङ लागेर तीन जना घाइते

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते मंगलबार