बालविकास देखि १२ कक्षा सम्म एउटै समयमा सञ्चालन नगर्न ‘स्टे अडर’ जारी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले बालविकास देखि १२ कक्षा सम्म एउटै समयमा अध्ययन/अध्यापन गराउनुपर्ने निर्णय अदालतले कार्यान्वयन नगर्ने आदेश दिएको छ ।

कोहलपुर नगरपालिकाले २०८० चैत २३ गरेको निर्णय र कोहलपुर नगर शिक्षा शाखाले २०८१ असार ११ गते बालविकास देखि १२ सम्म एउटै समयमा अनिवार्य अध्ययन/अध्यापन गराउनुपर्ने निर्णय सार्वजनिक गरेको थियो ।

सो निर्णय र सार्वजनिक भएको सूचनालाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बालविकास देखि १२ कक्षा सम्म एउटै समयमा सञ्चालन गर्दा विद्यार्थीहरुलाई मर्का पर्न जाने र विद्यालयलाई अपुरणीय क्षति हुने भएकोले सो निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ ले विद्यालयलाई विहानी शत्र सञ्चालनमा कुनै रोक नलाएको अवस्थामा नगरपालिकाले गरेको निर्णयलाइ  ‘स्टे अडर’ दिएको हो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले अदालतले ‘स्टे अडर’ दिएपनि थप डकुमेन्ट सहित पुनरावेदन गर्ने बताए ।

नगरपालिकाले गरेको निर्णय बालबालिका, अभिभावक र संस्थागत विद्यालयको हकहितमा रहेकोले प्रतिउत्तर लगाउने तयारी गरेको विश्वकर्माले जानकारी दिए ।

सच्याइएकाे :  ‘स्टे अडर’  हुनुपर्नेमा अन्यथा भएकाेले सच्चाइएकाे छ  । स.

यस्ताे छ अदालतकाे अन्तरिम आदेश ।