कोहलपुरमा १० दिनमा १ सय ७८ होमआइसोलेसनमा, दुइदिन निःशुल्क कोरोना जाँच शुरु




काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सोमवारदेखि निःशुल्क एन्टिजेन विधिमार्फत कोरोनाको जाँच शुरु भएको छ ।

कोहलपुर नगरपालिकाले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशुल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गरेको हो ।

नगरपालिकाले हप्तामा सोमवार र विहीबार दुई दिन कोरोना जाँच गर्ने नगर स्वास्थ्यका प्रमुख पुर्ण खड्काले जानकारी दिएका छन् । कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै नेपालगन्ज र कोहलपुर हटस्पट बनेको छ । पहिलो र दोस्रो लहरमा पनि बाँके कोरोनाको हटस्पट बनेको थियो ।

काेहलपुर नगरपालिकामा १० दिनभित्र १ सय ७८ जनामा काेराेना संक्रमण रहेकाे काेराेना फाेकल पर्सन गहेराज खनालले बताए । उनका अनुसार काेहलपुर नगरपालिका रेड जाेनमा परेकाे बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मंगलबार