कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बुहुमुखी क्याम्पस सन्देशमुलक भिडियो प्रतियोगिता हुन लागेको छ ।
बागेश्वरी बहुमुखी क्याम्पसले प्रचारप्रसारमा समेत टेवा पुग्ने गरी यो भिडियो प्रतियोगिता गर्न लागेको हो ।
बागेश्वरी बहुमुखी क्याम्पस स्ववियूका अध्यक्ष देवेन्द्र बुढाले भिडियो निर्माण गर्दा विभिन्न १० वटा बुँदामा नियमहरु छन् सो नियममा रहेर भिडियो बनाउनुपर्ने बताए ।
भिडियोले दिने सन्देश, कला, सिर्जनशीलता, विषयबस्तु, क्याम्पसको फेसबुक पेजमा राखिएको भिडियोको भ्यूज, लाइक, शेयरको आधारमा मुल्याङ्कन हुने र सो मुल्याङ्कनबाट उत्कृष्ट हुनेलाई नगद सहित सम्मान गरिने बुढाले जानकारी दिए ।
प्रथम पुरस्कार ५ हजार, द्धितीय ३ हजार र तृतीय हुनेलाई २ हजार रहेको छ ।
श्रावन १६ गतेदेखि १ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ भने नतिजा प्रकाशन असोज ५ गते र पुरस्कार वितरण असोज १० गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्