Kohalpur Today Header Ads

बैजनाथमा प्राथमिक उपचार साम्रागी वितरण




कोहलपुर ।

बैजनाथ गाउँपालिकाले प्राथमिकता उपचार सामाग्री वितरण गरेको छ । बिहिबार एक औपचारीक कार्यक्रम गरी बैजनाथका सामुदायिक र संस्थापक विद्यालय, स्टेचर, मेडिसन किड, तौलमेसिन लगायतका सामाग्रीहरु वितरण गरेको हो ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बालबालिकाहरुलाई प्राथमिक उपचार गर्न सहजताका लागि सामाग्री वितरण गरिएको बताए । शाहीका अनुसार बैजनाथका ३८ वटा सामुदायिक विद्यालय र २० वटा संस्थागत विद्यालयहरुलाई प्राथमिकता उपचार सामाग्री वितरण गरेको बताए ।

LIfe Ok

उनका अनुसार स्वास्थ्य चौकीहरुलाई समेत स्टेचर, मेडिसिन किड र अन्य लगायतका अन्य सामाग्री वितरण गरिएको बताए । कार्यक्रममा रेडक्रस कोहलपुरका उपशाखा प्रमुख युवराज पोखरेल लगायत बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहीबार